नेपाली बजारमा सुन र चाँदीको मूल्यमा फेरि गिरावट आएको छ । शुक्रबारको तुलनामा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३,०९,४०० कायम भएको छ । यो मूल्य शुक्रबारको तुलनामा रु ४,८०० ले घटेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला रु ५,२७० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा चाँदी प्रतितोला रु २२५ ले सस्तो भएको हो ।
महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु ३,१४,२०० मा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला रु ५,४९५ मा पुगेको थियो । त्यसअघि बिहीबार सुन प्रतितोला रु ३,१७,००० र चाँदी रु ५,५१५ मा कारोबार भएको थियो ।
यसैगरी, बुधबार सुन प्रतितोला रु ३,१९,००० कायम भएको थियो भने चाँदी प्रतितोला रु ५,७२० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उतारचढाव भइरहेकामा आज एक औँस सुन करिब ५,२३० अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सेतो धातु चाँदीको मूल्य प्रतिऔँस करिब ८१ अमेरिकी डलर कायम रहेको बताइएको छ ।