मौसम पूर्वानुमान महाशाखा ले जानकारी दिएको अनुसार, नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
यसको प्रभावले कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली भूभागमा मुख्यतया बादल लागेको छ ।
कोशी प्रदेश र लुम्बिनी प्रदेश सहित बागमती प्रदेश का पहाडी–हिमाली भूभागमा आंशिक रूपमा बादल देखिएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा छ ।
दिउँसोको अवस्था
आज दिउँसो हिमाली भूभागमा साधारणतया बादल रहने अनुमान छ। तराई र पहाडी भूभागमा आंशिक बादल रहनेछ ।
विशेषगरी कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का केही हिमाली क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रात्रीको अवस्था
आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी–हिमाली भूभागमा मुख्यतया बादल रहनेछ ।
गण्डकी प्रदेशको तराई, साथै बागमती र कोशी प्रदेशका पहाडी–हिमाली भूभागमा आंशिक बादल रहने अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका केही पहाडी र हिमाली क्षेत्रहरूमा चट्याङ्गसहित मध्यम वर्षा पर्न सक्ने सम्भावना छ ।
त्यस्तै, कोशी प्रदेशका पहाडी–हिमाली भूभाग तथा गण्डकी र कर्णालीका एक–दुई हिमाली स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने संभावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।